सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता मा.विको नम्बरी जग्गासंग सीमाना जोडिएको जमिन अन्तत विद्यालयलाई फिर्ता भएको छ। कमलामाई मिडिया प्रा.लिले २०८० साउन २९ सोमवार विद्यालयको जमिन हडपिएको सम्बन्धी समाचार प्रकाशन गरेपछि तातेको सरोकारवाला निकायले अन्तत उक्त जमिन विद्यालयलाई फिर्ता गराएको हो ।विद्यालयको एक बिघा आठ कठ्ठा नम्बरी जमिनसंग जोडिएको ऐलानी जमिन केही स्थानीयले लामो समयदेखि ठेक्कामा भोग चलन गरेका र पछि उनीहरुले आफ्नै जमिन रहेको दाबी गरेको थाहा पाएपछि कमलामाई मिडिया प्रा.लिले २०८० साउन २९ सोमवार उक्त जमिन हडप्न स्थानीय जनप्रतिनिधिहरुका साथै स्थानीय सक्रिय रहेका भएपनि प्रधानाध्यापक मौन बसेका भन्दै समाचार प्रकाशन गरेको थियो ।हरिवन नगरपालिका ८ स्थित चापिनी नदी किनार नजिकै रहेको उत्त विद्यालयको जमिन हरिवन नगरपालिकाका जनप्रतिनिधिका साथै स्थानीयको मिलेमतोमा हडप्ने प्रयास भएको थियो । विद्यालयको नम्बरी एक बिघा आठ कठ्ठा जमिनसंग सिमाना जोडिएको जमिन विद्यालयले लामो समयदेखि भोगचलन गरि रहेको ऐलानी जमिन हरिवनका स्थानीय जनप्रतिनिधि र स्थानीयको मिलेमतोमा हडप्ने प्रयास भएको विद्यालयले सो समयमा बताएको थियो ।
स्थानीयले विगत लामो समयदेखि विद्यालयको उक्त जमिन ठेक्का गर्दै आएका र सो जमिनसंग जोडिएको खुल्ला ऐलानी जमिन पनि उनीहरुले विद्यालयसंग ठेक्का लिएर विगत लामो समयदेखि भोगचलन गर्दै आएका तत्कालीन प्रधानाध्यापक जय शंकर सिंहले बताएका थिए। उनका अनुसार विद्यालयको नाम र स्वमीत्वमा रहेको सो जमिन वार्षिक रु ५० हजार विद्यालयलाई दिने सर्तमा दुई कार्यकालका लागि स्थानिय गेहेन्द्र सुवेदीले ठेक्का लिएका थिए ।सोही समयमा सुवेदीले ऐलानी जमिनको माटोकाटी बेचि विद्यालयको नाममा रहेको नम्बरी जमिन ठेक्का गर्न छाडेका भएपनि ऐलानी जमिन आफ्नो नाममा गराउने तयारी गरेका थाहा पाइएको तत्कालीन प्रधानाध्यापक सिंहले सो समयमा बताएका थिए ।
उनका अनुसार विद्यालयको नाममा रहेको नम्बरी जमिनसंग सिमाना जोडिएको विद्यालयको स्वामित्वमा रहेको ऐलानी जमिन सुवेदीले वडा कार्यालयमा गई आफ्नो नाममा गराउने प्रयास गरेका थाहा पाएपछि विद्यालयले आफ्नो जमिन हो भनी वडा कार्यालयलाई पत्राचार गरेको थियो ।
वडा कार्यालयलाई पत्र लेखेको भएपनि सो पत्र हरिवन नगरपालिकामा पुगि विवरण स्पष्ट नभएको भनि फेरी विद्यालय मै फर्किएर आएको विद्यालय प्रशासनले जनाएको थियो।सो समयमा लामो समयदेखि विद्यालय व्यावस्थापन समिति थिएन र विद्यालयले पनि लामो समयदेखि ठेक्का नलगाई जमिन खाली राख्नुका साथै नम्बरी जमिनमा मात्र घेराबेरा गर्नुले पनि विद्यालयको जमिन हडप्ने काममा विद्यालयका तत्कालीन प्रधानाध्यापक सिंहको समेत संग्लग्नता रहेको हुन सक्ने स्थानीयले आरोप लगाएका थिए ।
यता,सो समयमा भुमि सम्बन्धी ऐन अनुसार १० वर्ष भन्दा बढी समयदेखि भोगचलन गरि रहेको ऐलानी जमिन सम्बन्धीत व्यक्तिको नाममा गर्न मिल्ने भएकाले सोही अनुसार आफुले सिफारिस गरेको हरिवन नगरपालिका ८ का वडा अध्यक्ष ढुंगानाले बताएका थिए । सिफारिस गर्दा विद्यालयले हकदाबी नगरेको र सिफारिस पछि अस्पष्ट पत्र पठाएको छ ।वडाले स्पष्ट पत्र पठाउन भनेको र विद्यालयले स्पष्ट पत्र पठाएमा समस्याको समाधान खोजीने वडा अध्यक्ष ढुंगानाले बताएका थिए ।
सो विषयमा समाचार प्रकाशन भएपछि वडा अध्यक्ष ढंगानाले कमलामाई मिडिया प्रा.लिका विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी हालेका थिए ।भने आफ्नो फेशबुक मार्फत २०२३ अगष्ट १५ मा भूमि सम्बन्धी ऐन २०२१ र सो सम्बन्धी कार्यविधिको प्रक्रिया अनुसार गतवर्ष हरिवन नगरपालिकाले भूमि व्यवस्थापन गर्न एक करोड छुट्याइएको र भूमि सम्बन्धी ऐन २०२१ र २०७८ अनुसार सिफारिस समिति र सहजीकरण समिति रहेको भन्दै लेखेका थिए।उनले वडा अध्यक्षको काम जे सत्य हो त्यो गर्ने पर्छ भन्दै विद्यालयको जग्गा भोगचलन गरी रहेकाहरु प्रतिपनि आक्रोश व्यक्त गरेका थिए।भने कमलामाई मिडिया प्रा.लिका विरुद्ध कानूनी उपचार खोज्ने भन्दै अन्य अपाच्य शब्दहरु समेत प्रयोग गरेका थिए। तर पछि नापी,मालपोत कार्यालय हरिवन र विद्यालयको टोलीले उक्त जमिनको नापजाँच गरी विद्यालयको स्वामित्वमा उक्त जमिन दिलाएपछि अहिले विद्यालयले घेराबेरा गरी जोतभोग सुरु गरि सकेको छ।विद्यालयका प्रधानाध्यापक गिरीराज राना मगरका अनुसार उत्त जमिन अहिले विद्यालयको स्वामित्वमा आई विद्यालयले घेराबेरा गरी खनजोतको काम गरि सकेको र केही भागमा बिरुवाहरु रहेका र खाली रहेको भागमा वर्षा लागेपछि वृक्षारोपण गरिने बताए।
उक्त कार्यमा वडा अध्यक्ष ढुंगानाको सहभागीता नरहेको भएपनि उनले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेखेपछि कमलामाई मिडिया प्रा.लिलाई सामाजिक सञ्जाल मार्फत धेरै किसिमका धम्कीहरुका साथै अपाच्य शब्दहरुको प्रयोग गरि गालि बेईजेती गरिएको थियो ।तर कमलामाई मिडिया प्रा.लिले विद्यालयको स्वामित्वको जमिन फिर्ता हुनुपर्छ भन्ने मनसाय राखेर लेखेको समाचारले सार्थकता पाएपछि कमलामाई मिडिया प्रा.लिको जित भएको छ ।भने सामाजिक सञ्जाल मार्फत कमलामाई मिडिया प्रा.लि.र यसमा आवद्ध सञ्चारकर्मीका विरुद्ध सामाजिक सञ्जालमा गरिएको कु–प्रचार तथा अपाच्य शब्दहरुको विषयमा अब कमलामाई मिडिया प्रा.लि कानूनी बाटोमा जाने भएको छ । पत्रकारको वर्गिकरण गर्न सक्ने वडा अध्यक्ष ढुंगानादेखि समाजिक सञ्जालमा प्रयोग गरिएका अपाच्य शब्दहरुको जवाफ कमलामाई मिडिया प्रा.लिले कानूनी उपचारबाट दिने तयारी गरेको कमलामाई मिडिया प्रा.लिले जनाएको छ ।