सवारी चेकजाँचको वाहनामा चर्काे असुली,आरोप निराधार रहेको ट्राफिक प्रहरी कर्मचारीको दाबी

193 Shares

सडक सुरक्षा र ट्राफिक व्यवस्थापनको जिम्मेवारी पाएका निकायमाथि नै अवैध असुलीमा संलग्न भएको आरोप लाग्न थालेपछि सर्वसाधारण तथा यातायात व्यवसायीहरू चिन्तित बनेका छन्।सर्लाहीको नयाँरोड स्थित रहेको अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँ रोड(काँटा), फुलजोर,कर्मैया र ट्राफिक प्रहरी कार्यालय मलंगवामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुले नेपाल प्रहरी जस्तो पवित्र संगठनलाई व्यापारमा परिणत गरी असुली चलाउन थालेपछि प्रहरी संगठन नै दिनप्रति दिन विवादीत बन्दै गएको छ ।
नयाँरोड काँटामा भार वाहन क्षमताको तौल हुने र त्यसमा कुनैपनि ट्रकको भार वाहन क्षमता भन्दा कति बढी भार वाहन भएमा ट्राफिकले जरिवाना काट्न मिल्ने र कति वढी भार वाहन भएमा यातायात पठाउने भन्ने विषय हुन्छ।तर अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँ रोड(काँटा)का प्रमुख सई बलिराम साह सोनारले रोयल एसएस,लम्जुङ काली,गौरब ट्रान्सपोर्ट,ए. पी.ढुवानी,त्रिनेत्र,अमेवा लगायत अन्य स्थानीय तरकारी,कवाडी तथा गोरु र भैँसी बोकेका सवारी साधनहरुबाट मासिक कमिसन असुली राज्यको राजश्वमा हानी नोक्सानी पुर्याएका पाइएको छ।उनीले मासिक दुई लाख भन्दा बढी कमिसन असुल्ने गरेका ट्राफिक प्रहरी कर्मचारीहरु नै बताउँछन् ।
अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट फुलजोरमा माछा बोक्ने पिकअपहरुका साथै पाडा भैँसी र भुस बोक्ने तथा गोरु बोक्ने सवारी साधनहरु र पिकअपले मान्छे बोक्दा प्रचलित कानुन अनुसार कार्बाही गर्नुपर्नेमा ट्राफिक प्रहरीले कमिसन असुलेर सरकारी राजश्वमा हानी नोक्सानी पुर्याउने गरेको पाइएको छ।अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट कर्मैया क्षेत्रमा चोरीका मोटरसाईकलहरुका साथै सडक इजाजत पत्र नभएका सवारी साधनहरु,प्रयोजना विपरित चल्ने सवारी साधनहरुका साथै रात्रीकालिन यात्रु बाहक सवारी साधनहरु अनलाईन प्रणालीमा दर्ता गराउँदा त्यसबाट कमिसन असुली हुने गरेको पाइएको छ ।
त्यसैगरी,यातायात व्यवस्था कार्यालय मलंगवाले सञ्चालनज गर्ने सवारी चालकहरुको प्रयोगात्मक तथा लिखित परिक्षामा खटिने ट्राफिक प्रहरी कर्मचारीहरुले चर्काे कमिसन असुल्ने गरेका पाइएको छ।
मालबाहक ट्रक,टिपर तथा अन्य ढुवानीका साधनहरू सडकमा गुडिरहेका बेला सवारी चेकजाँचको बाहनामा रोक्ने,कागजात परीक्षण गर्ने बहाना बनाउने र अन्ततःरकम लिएर छाड्ने प्रवृत्ति बढ्दै गएको यातायात व्यवसायीहरु नै बताउँछन्।दैनिक रूपमा सयौं सवारीसाधन आवत जावत गर्ने यस क्षेत्रमा ट्राफिकको ध्यान नियम कार्यान्वयन भन्दा बढी रकम असुली गर्नतर्फ केन्द्रित भएको व्यवसायीहरूको आरोप छ।
“सबै कागजात मिलेको अवस्थामा समेत कुनै न कुनै कारण देखाएर गाडी रोकिन्छ।कहिले लोड बढी भएको,कहिले सानो प्राविधिक कमजोरी भएको भन्दै दबाब दिइन्छ।अन्ततः जरिवानाको डर देखाएर नगद रकम मागिन्छ।”एक यातायात व्यवसायीले बताए । चालकहरूका अनुसार चालकले रकम दिन अस्वीकार गरेमा लामो समयसम्म सवारी रोक्ने, अनावश्यक दुःख दिने तथा विभिन्न निकायमा पठाइदिने ट्राफिक प्रहरीले चेतावनी दिने गरेको छ ।
मालबाहक सवारीसाधन सञ्चालन गर्ने एक व्यवसायीले ट्राफिक प्रहरीको यस्तो गतिविधिले ढुवानी क्षेत्र प्रभावित भएको बताए।उनका अनुसार ढुवानी खर्च बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्ता माथि पर्ने गरेको छ।“सडकमा ट्राफिक चेक पोष्ट पिच्छे रकम तिर्नुपरेपछि व्यवसाय सञ्चालन खर्च बढ्छ।अन्ततःवस्तुको मूल्यमा समेत त्यसको प्रभाव देखिन्छ,”उनले भने।
रातिको समयमा अनुगमन कमजोर हुने र यात्रु तथा व्यवसायीहरूले विरोध गर्न नसक्ने अवस्थाको फाइदा उठाउँदै रकम असुल्ने गरिएको स्थानीयको आरोप छ।कतिपय चालकहरूले नियमित रूपमा निश्चित रकम बुझाउनुपर्ने अनौपचारिक प्रणाली नै विकास भएको दाबी गरेका छन्।
यता,ट्राफिक प्रहरी स्रोतले भने अवैध असुलीका आरोप निराधार रहेको दाबी गरेको छ।स्रोतका अनुसार सडक सुरक्षाका लागि नियमित जाँच गर्ने क्रममा केही व्यक्तिहरूले गलत प्रचार गर्ने गरेका छन्।तर व्यवसायीहरू भने यदि सबै प्रक्रिया कानुनी र पारदर्शी छन् भने जाँचका क्रममा लिइने सम्पूर्ण रकमको अभिलेख सार्वजनिक गर्नुपर्ने माग गर्छन्।उनीहरूका अनुसार डिजिटल प्रणालीमार्फत जरिवाना असुली र जाँच प्रक्रियालाई पारदर्शी बनाउन सके यस्ता विवाद स्वतःअन्त्य हुनेछन्।
नागरिक अगुवाहरूले पनि सुरक्षा निकायमाथि उठेका यस्ता गम्भीर आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।कानून कार्यान्वयन गर्ने निकायमाथि नै अविश्वास बढ्दै जानु लोकतान्त्रिक शासन प्रणालीका लागि राम्रो संकेत नभएको उनीहरुको भनाई छ।भने चालक, व्यवसायी तथा स्थानीयवासीहरूले नयाँ रोड–काँटा क्षेत्रमा हुने भनिएको असुलीको वास्तविकता बाहिर ल्याउन उच्चस्तरीय अनुसन्धानको माग गरेका छन्।सडकमा सुरक्षा र अनुशासन कायम गराउने जिम्मेवारी पाएका निकायमाथि नै अवैध आर्थिक चलखेलको आरोप लाग्नु दुःखद विषय भएको स्थानीयहरूको भनाइ छ।आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सके मात्र नागरिकको विश्वास कायम रहने उनीहरूको धारणा छ।यता,यी विषयहरुमा चासो व्यक्त गर्दा केही ट्राफिक प्रहरी कर्मचारीहरुले चासो व्यक्त गर्ने किाय माथि नै ब्लक मेल गरेको आरोप लगाउने गरेका छन् ।

सम्बन्धित समाचार