अवैध चोरी निकासी गर्न लागिएकोे फर्सीको बीउ सशस्त्र प्रहरीको नियन्त्रणमा,खरबुजाको बिलमा पर्सीको बिउको कारोबार

173 Shares

सर्लाहीको मलंगवा नगरपालिकाबाट–२ बाट ठूलो मात्रामा अवैध चोरी निकासी गर्न  लागिएकोे फर्सीको बीउ सशस्त्र प्रहरीले बरामद् गरेको छ।मलंगवा नगरपालिका–२ कृष्ण मन्दिरको नजिकैको दिनकर सेल्फ सप्लायर्समा अवैध चोरी निकासीको उदेश्यले संकलनन गरि राखिएको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु अधिकारीको कमाण्डमा खटिएको टोलिले ७५ बोरा फर्सीको बिउ बरामद् गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार ताला लगाईएको सटरमा खानतलासी गर्दा स्टोर गरी राखेको अन्दाजी मुल्य रु.१५ लाख बराबरको ७५ बोरा फर्सीको बिउ बरामद गरिएको हो ।सोही दिन गोदाम स्वीकृत भएको भएपनि सामान अघिलै दिन स्टोर गरिएको साथै रातारात फरक  फरक ठाउँमा गोदाम सारेको पाइएपछि सूचना प्राप्त भएको र फर्सीको बिउ गोदाम गरिएको भएपनि खरबुजाको बिल फेला परेपछि आवश्य अनुसन्धानका लागि उक्त फर्सीको बिउ नियन्त्रणमा लिईएको हो ।
फर्सीको बिऊ नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीमाथि स्थानीयले ढुंगामुढा गरेपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक सेल अश्रुग्यास समेत प्रहार गर्नु परेको सशस्त्र प्रहरी बल,नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।सशस्त्र प्रहरीका अनुसार फर्सीको बिउ गोदाम गरिएको भएपनि खरबुजाको विल फेला परेको साथै गोदाम स्वीकृत भएकै दिन सामान स्टक देखिनु साथै लगातार गोदाम सार्नुले उक्त फर्सीको बिउ अवैध तरिकाले भारत तर्फ निकासी गर्न लागेको रहस्य सार्वजनिक हुन्छ ।
सशस्त्र प्रहरी,नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त  टोलीले गोदाममा खोजतलास गर्दा ७५ बोरा फर्सीको बीउ फेला पारेको हो ।बरामद गरिएको बीउ थप कारबाहीका लागि सर्लाही भन्सार कार्यालय,मलंगवामा बुझाइएको साथै बीउ कहाँबाट ल्याइएको हो र आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको वा नगरिएको सवालमा अनुसन्धान भइरहेको जिल्लाा प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यता,स्स्थानीयले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दा सशस्त्र प्रहरीको एउटा ट्रकमा क्षति पुगेको छ ।त्यसपछि अवस्था सामान्य बनेको र घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।तर स्थानीयले घटनालाई अतिरञ्जीत गर्न विभिन्न किसिमका प्रचार बाजी सुरु गरेका प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार