वर्तमान संघीय सरकारका विरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले असन्तुष्टि जनाउँदै सर्लाहीको लालबन्दीमा मसला सहित नारा जुलुस गरेका छन्।जेनजी अभियान्ता पक्राउ गरेर जनताका आवाजहरु दवाउने खेल सुरु गरेको,प्रज्वलनसिल पदार्थ शरीरमा छर्किएर नागरिकलाई आत्मदाह गर्ने वातावरण सृजना गरेको,नागरिकहरुमाथि अनावश्यक कर लगाउने काम गरेर नागरिकहरु माथि अन्याय गरेको र अहिलेको सरकार राष्ट्रिहित विपरित गतिविधिमा लागेको भन्दै नेकपा(एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले संयुक्त रुपमा लालबन्दीमा मसाल सहित र्याली निकालेर विरोध जनाएका हुन ।
विद्यार्थीहरुले लालबन्दी नगरपालिका–७ स्थित पालिका हुलाक कार्यालय अगाडिबाट लालबन्दी नगरपालिका–७ स्थित डालिमार्ट अगाडि सम्म मसला जुलुस तथा र्याली र कोण सभा गरेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का केन्द्रीय सचिव तथा प्रवक्ता समिम बाबु खानले जानकारी दिए ।

प्रधानमन्त्री बालेन्द्र साह(बालेन)ले अहिलेको अवस्थामा राजिनामा दिनु पर्ने साथै आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ छर्किएर आत्मदाह गर्नु पर्ने वातावरण सृजना गर्ने वर्तमान सरकारले नागरिकहरुमाथि अन्याय गरेको साथै जनताको आवाज दवाउन जेनजी अभियान्ताहरुलाई पक्राउ गरेर बहादुरी देखाउन सरकारी लागि परेको साथै अहिलेको सरकार राष्ट्रिहित विपरित गतिविधिमा लागेका कारण बाध्य भएर आन्दोलनमा होमिनु परेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला ईन्चार्ज आशिष बाबू दाहालले बताए ।
हातमा प्लेकार्ड र ब्यानर बोकेर शान्तिपूर्ण रुपमा मसला सहित ¥याली निकालेर सरकारको ध्यानाकर्षण गराउने काम गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) सर्लाहीका संयोजक मोहित खड्काले बताए।खड्काको अध्यक्षता एवम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का केन्द्री प्रवक्ता खानको प्रमुख आतिथ्यतामा आयोजना गरिएको आन्दोलनमा चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस हरिवनका स्ववियु सभापित हिमाल घिमिरे र जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका स्ववियु सभापति समिर सिंह लगायत उल्लेख्य मात्रामा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
आन्दोलीत विद्यार्थीहरुले आफुहरुको माग पूरा नभए आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्।करिब आधा घण्टा चलेको कार्यक्रम थप उग्र नहोस भन्नका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक श्याम थापा मगर सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक झलक पौडेल शर्माको नेतृत्वमा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।