५१ लाख बढी स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

173 Shares

 सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख भन्दा बढी रकम सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।ब्रम्हपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट रु ५१ लाख ३४ हजार स्रोत नखुलेको रकम सहित महोत्तरीको गौशाला नगरपालिका–१२ का अन्दाजी ५७ वर्षीय जगन्नाथ महतो कोईरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले त्रिभुवननगर–बयलवास हुलाकी सडक अन्र्तगतको भेल्हीबाट बयलवासतर्फ आँउदै गरेको ज.१० प. ८६५२ नम्बरको स्कुटरलाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा स्कुटरको डिकी र फल्स बटन बनाइ बोकी लुकाइछिपाई राखेको स्रोत नखुलेको रु ५१ लाख ३४ हजार बरामद भएको हो।
बरामद रकममा एक हजार दरका तीन हजार पाँच सय थान,पाँच सय दरका तीन हजार एक सय आठ थान,सयका दरका सात सय थान र ५० दरका दुई सय थान नोट रहेका छन्।बरामद रकम,स्कुटर र जगन्नाथलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार