रसुवाको भोटेकोसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले साँढे चार लाख बढी सहयोग पुर्याएको छ।जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले रु चार लाख ५३ हजार दुई सय २९ सहयोग रकम उपलब्ध गराएको हो ।
समितिका अनुसार नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखा तथा मातहतका विभिन्न समिति, उपसमिति,पालिका र उपशाखाहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार रकम जम्मा गरिएको बैंक भौचर रेडक्रसले औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बुझाएको छ ।प्रमुख जिल्ला अधिकारी स्कृम श्रेष्ठले मानवीय सहायता र विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा समेत गरिन् ।उनले आपत्कालीन अवस्थामा राहत तथा उद्धार कार्यमा रेडक्रस सधैँ अग्रपंक्तिमा रहेर काम गर्दै आएको उल्लेख गर्दै सिन्धुली शाखाले मानवीय सेवामा पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताइन ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विपद्का समयमा सरकारी निकायसँग सहकार्य गर्दै समुदायस्तरबाट सहयोग जुटाउने कार्यले प्रभावित नागरिकलाई राहत पु¥याउन सहयोग पुग्ने बताइृन् ।सिन्धुली रेडक्रसको सक्रियता र सामाजिक उत्तरदायित्व प्रति उनले धन्यवाद समेत व्यक्त गरिन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवा बाढी तथा पहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने प्रक्रिया अझै जारी छ।जिल्लाका विभिन्न सरकारी तथा गैर–सरकारी निकाय,संघ/संस्था र सामाजिक क्षेत्रका संस्थाहरूबाट प्राप्त सहयोग रकम कोषमा दाखिला गर्ने कार्य निरन्तर भइरहेको कार्यालयले जनाएको छ ।
विपद्का बेला स्थानीय तह,सामाजिक संघ/संस्था र नागरिकस्तरबाट प्राप्त हुने सहयोगले प्रभावित समुदायको तत्कालीन राहत व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।