नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन सर्लाही शाखाको अध्यक्षमा पुराना पत्रकार रामबाबु खड्का चयन भएका छन् ।सर्लाहीको लालबन्दीमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले खड्का अध्यक्ष रहने गरी नेपाल प्रेस युनियन सर्लाही शाखामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।
खड्काको अध्यक्षतामा चयन भएको समितिको उपाध्यक्षमा वुद्ध बहादुर विक (दिपक),सचिवमा घनश्याम बलम्पाकी,सह–सचिवमा कश्यप बराल र कोषाध्यक्षमा विनोद अधिकारी लगायत अन्य सदस्यहरु चयन भएका हुन् ।अधिवेशनले केन्द्रीय अधिवेशनको प्रतिनिधिका रुपमा राजेश मिश्र,रोशन न्यौपाने,कृष्ण यसमाली मगर,टंक बहादुर क्षेत्री,कृष्णप्रसाद थपलिया र पुस्तिका के.सीलाई तथा प्रदेश अधिवेशन प्रतिनिधिमा सोम दियाली,राकेश गुप्ता र सन्जु कर्णलाई चयन गरेको छ ।
नेपाल प्रेस युनियन सर्लाही शाखाका अध्यक्ष थपलियाको अध्यक्षता तथा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा नेपाल प्रेस युनियन मधेश प्रदेशका सदस्य मुकेश झा लगायतको विशेष उपस्थिति रहेको थियो ।पुर्व सचिव समेत रहेका खड्का विगत करिब दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरि रहेका छन् ।