नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सर्लाहीको लालबन्दी नगर सभापतिका लागि स्थानीय युवा विभू सिंह थापाले उम्मेदवारी घोषणा गरेका छन्।नगर अधिवेशन असोज ७ र ८ गते हुने केन्द्रको कार्यतालिका अनुसार लालबन्दी नगरपालिकका सबै १७ वटै वडाहरुमा शौहार्दपुर्ण तरिकाले वडा अधिवेशन सम्पन्न भएको हो ।
वडा अधिवेशन सम्पन्न भएसँगै नगर सभापतिको दौड पनि रोचक बन्दै गएको छ।यहीबीच थापा सहित लालबन्दी नगरपालिका–७ का निर्वाचित कृष्ण गोपाल कार्की र नारायण गुर्मछाने मगरले पनि सभापतिका लागि उम्मेदवारी दिएका छन् ।संगठनलाई थप मजबुत बनाउने एजेन्डासहित आफ्नो उम्मेदवारी दिएका युवा नेता थापाले संगठनलाई सुदृढ,एकताबद्ध र गतिशील बनाउने प्रतिवद्धता जनाएका छन्।कार्यकर्ताको भावना, योगदान र सम्मानलाई केन्द्रमा राख्दै पार्टीभित्र सहकार्य र समन्वयको वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ।
लालबन्दी नगरपालिका–१७ निवासी युवा नेता थापा नेपाल विद्यार्थी संघका साथै नेपाल तरुण दलको विभिन्न नेतृत्व सफल रुपमा सम्हाली सकेका छन्।भलादमी युवाको पहिचान बनाएका युवा नेता थापाले यस अघिको संगठन सञ्चालनको अनुभवलाई नगर नेतृत्वमा उपयोग गर्ने तयारी सहित आफुले नगर सभापतिमा दाबी प्रस्तुत गरेका हुन्।तीनै जना युवाहरुले नगर सभापतिको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेसँगै लालबन्दी कांग्रेसभित्र आगामी नेतृत्वलाई लिएर राजनीतिक सरगर्मीसमेत बढेको छ।