भारी वर्षाको सम्भावनापछि विपत् व्यवस्थापनको बैठक

181 Shares

 मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षाको आँकलन गरेपछि जिल्ला विपद्् न्यूनिकरण तथा व्यवस्थापन समिति सर्लाहीको बैठक बसेको छ ।प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीको अध्यक्षतामा बसेको विपद््को बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म नदी किनारका सडकहरुमा तथा अत्यावश्यक काम बाहेक रातको समयमा लामो यात्रा नगर्न सर्वसाधारणलाई सूचित गर्ने,नदी तथा खोला किनारका बस्तीमा स्थानीय तहका प्रतिनिधि,विपद् व्यवस्थापन स्वयंसेवक तथा नजिकका प्रहरी इकाइले तत्काल खटिएर माइकिङमार्फत बाढीको जोखिमबारे पूर्वजानकारी गराउने र सुरक्षित स्थानतर्फ जान अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकमा स्थानीय विपद् व्यवस्थापन समिति र जिल्लास्थित सुरक्षा निकायले आवश्यक उद्धार सामाग्री सहित तयारी अवस्थामा रहने,जिल्लाका उद्योगबाट उत्पादन हुने दालमोठ,चामल, चिउरा,चिनी,खानेपानीलगायतका सामाग्री असोज ९ गतेदेखि ११ गतेसम्म जिल्ला बाहिर नपठाइ जिल्लामै होल्ड गरेर राख्ने,नदी किनार वा बाढी डुबानको जोखिममा पर्न सक्ने विद्यालयहरुमा स्थानीय तहले औचित्यताको आधारमा सार्वजनिक बिदा दिने,राजनीतिक दलले आफ्नो स्थानीयस्तरका समितिलाई सर्कुलर गरी जनतालाई सतर्क र सजग रहन सूचना सप्रेषण गर्ने लगायतका निर्णय भएका समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशको सर्लाहीमा समेत भारी वर्षाको आँकलन गरेकाले बुधबार जिल्लाका पालिकाका प्रमुख,राजनीतिक दलका प्रतिनिधि,विपद्को क्षेत्रमा क्रियाशील संघ÷संस्थाका प्रतिनिधिलगायतलाई बोलाएर बैठक गरिएको हो ।

सम्बन्धित समाचार