पूर्व–पश्चिम महेन्द्र राजमार्गका विभिन्न स्थानमा अत्यधिक खाल्टा खुल्टी हुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ।निरन्तरको वर्षापछि निर्माणाधीन हाइवेमा जताततै खाल्टाखुल्टी पर्दा यात्रु तथा सवारी चालक हैरान भएका छन् ।हाइवेमा“ज्यानामारा”खाल्टा खुल्टीका कारण मोटरसाइकल,टेम्पु र जीपलगायतका साना सवारी साधन बारम्बार दुर्घटनामा पर्न थालेका सवारी चालकहरुको भनाई छ ।
पूर्व–पश्चीम राजमार्गको स्तरोउन्नतीको काम भई रहेको र सो क्रममा जताततै डाईभर्सन निर्माण गरेका कारण ती स्थानका साथै अन्य स्थानमा पनि ज्यानमारा खल्डा पर्दा दैनिक सवारी दुर्घटना बढेको पाइएपछि महेन्द्र राजमार्ग खराब भएकोबारे आफूले सडक आयोजनाका प्रमुखसँग कुरा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक रवीन्द्रनाथ पौडेलले बताए।उनका अनुसार सडक आयोजनाले “हाइवेको अवस्था अहिले असाध्य बिजोग नै देखिन्छ,त्यसैले तत्काल मर्मतको व्यवस्था गर्न पहल गरिरहेका छौँ ।”भनेको छ ।
कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का आयोजना प्रमुख राजेश कुमार दासले राजमार्गका खाल्टाखुल्टीमा तत्काल गिट्टी,बालुवा हालेर मर्मत गरिने बताएका छन् । पानी पर्दा हिल्लामे र घाम लाग्दा धुलाम्मे हुँदा साना सवारी चालकहरु तथा मोटरसाईकल यात्रीहरु निकै मारमा परेका छन् ।