Close This

कुखुराको मासुको मूल्य घटेपछि किसानहरु मर्कामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१० गते   ३०९ पटक हेरिएको

सर्लाहीका कुखुरापालक किसान कुखुराको मासुको मुल्य घटेपछि मर्कामा परेका छन् ।जिल्लाभर  निषेधाज्ञा लागू भएपछि दुई सातादेखि बजार बन्द हुँदा ब्रोइलर कुखुराको मूल्य आधा भन्दा बढीले घटेपछि जिल्लाका पशु पालक किसानहरु मर्कामा परेका हुन ।
लक डाउन पहिला प्रतिकिलो २५० रुपैयाँ सम्ममा बिक्री हुने जिउँदो कुखुरा अहिले मुस्किलले १३० रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ । अहिलेको मूल्यमा कुखुरा बिक्री गर्दा लागत उठाउन समेत मुस्किल पर्ने किसानहरुको गुनासो छ । 
बन्दाबन्दीका कारण आफूले  चार लाख रुपैयाँ भन्दा बढी घाटा बेहोरेको लालबन्दी नगरपालिका–१७, रानीगञ्जका कुखुरा पालक किसान सन्तोष विकले गुनासो गरेका छन ।आफूहरुको क्षेत्रमा जिउँदो ब्रोइलर कुखुरा किलोको ११० रुपैयाँमा बिक्री भइरहेको बरहथवा नगरपालिका–१०, टेकानीका किसान जगरनाथ चौधरीले बताएका छन । । 
४० दिनमा कुखुरा बेच्न तयार हुने र सो अबधिमा एउटा कुखुराले ७÷८ किलोसम्म दाना खाने गरेको किसानहरुले बताएका छन् । महँगो मूल्यमा दाना किनेर खुवाएको कुखुरा अहिले सस्तो मूल्यमा बिक्री गर्नुपर्दा मेहनत र लगानी नै उठाउन नसकिने अवस्था आएको पशु पालक किसानहरुले गुनासो गरेका छन । पशु पालक  किसानहरुले उत्पादन गरेको कुखुरा बजार क्षेत्रका केही मासु पसल र ग्रामीण भेगमा खपत भइरहेको छ । जिउँदो कुखुरासँगै काटेको मासुको मूल्य पनि दिनहुँ घट्दै गइरहेको भन्दै पशु पालक किसानहरु मर्कामा परेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech