मन्त्री दुलालद्धारा निर्माणाधिन आइसोलेसनको अनुगमन,गोलन्जोरले आइसोलेसनका लागि ५ लाख दिने

2.7k Shares

सिन्धुलीको कमलामाई नगरपालिका–६ शिबनगरमा निर्माणाधिन आईसोलेसन भवनको वागमती प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलादले अनुगमन गर्नु भएको छ । आइसोलेसनको काम राम्रो रहेको अनुगमनका क्रममा मन्त्री दुलालले बताउनु भयो । आइसोलेसन निमार्णमा यहि ढंगबाट काम छिटो छरितो तरिकाले सकिने पनि मन्त्री दुलालले बताउनु भयो ।
उहाँले सिन्धुली जिल्लामा पिसिआर मेसिन कहाँ राख्दा उपयुक्त हुन्छ भन्ने अनुसन्धान गर्ने विज्ञ टोली छिटै जिल्लामा पठाउने समेत बताउनु भयो । कोरोना संक्रमितको उपचारको लागि जिल्ला भित्र नै व्यवस्था गर्नु पर्ने उहाँको भनाई छ । भने निर्माणाधिन आइसोलेसनका लागि गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष ०७७ ÷०७८ को वर्षे अधिवेशनको पहिलो वैठकले निर्माणाधिन आइसोलेसनका लागि रु ५ लाख दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।


बागमति प्रदेशको ९७ लाख सहयोगमा ५० वेडको आईसोलेसन एक महिना भित्रमा संम्पन्न गर्ने गरी आइसोलेसन भवनको निर्माण भईरहेको छ । बाँकी रकम जिल्लाका ९ वटै स्थानीय निकायहरुकोे आर्थिक सहयोगमा निर्माण हुने सरोकारवालाहरुले बताएका छन ।  

सम्बन्धित समाचार