लुटेरा समुहकाे धारिलाे हतियार प्रहारबाट सिंह घाईते

58 Shares

पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित बागवनी जंगलमा अपरिचित समुहले धारिलो हतियार प्रहार गर्दा एक जना घाइते भएका छन्। सर्लाहीको लालबन्दी नगरपालिका-७ स्थित रहेकाे सिटी डिपार्टमेन्ट स्टाेरमा कलेक्सनकाे काम गर्ने महाेत्तरीकाे सम्सी गाउँपालिका-१ पर्सा घर भई लालवन्दीमा बस्दै आएका अन्दाजी वर्ष ३७ का सुजित कुमार सिंहलाई शनिबार साँझ करिब ८ बजे हरिवनबाट लालबन्दी तर्फ आउदै गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागवनी जंगलमा अज्ञात समुहले लुटपाट गर्ने याेजना अनुरुप धारिलाे हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ती दुई व्यक्तिले सिंह सवार मधेश प्रदेश ०३–०२८ प ७४०४ नम्बरको नीलो रङको यामाहा कम्पनीको १२५ सीसीकाे मोटरसाइकल खोसेर लगेका भएपनि लुटेरा समुहले रकम लुट्न पाएका छैनन् । हतियार प्रहारबाट घाइते भएका सिंहको लालबन्दी नगरपालिका–६ स्थित लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ। उनको दुवै हात तथा पेटमा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

साँझको समयमा पूर्व–पश्चिम राजमार्गजस्तो व्यस्त सडकखण्डमा भएको यस घटनाले यात्रु तथा स्थानीयवासीमा सुरक्षा चिन्ता बढाएको स्थानीय जानकारहरु बताउँछन्।घटनामा संलग्न व्यक्तिहरूको पहिचान,लुटिएको मोटरसाइकलको खोजी तथा घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरि सकेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार