Close This

काठ तस्करलाई पक्राउ गरि स्थानियले प्रहरीलाइ बुझाए, आफुहरु माथी प्रपञ्च रहेको वडा अध्यक्ष प्रख्यातको भनाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१४ गते   १७३२ पटक हेरिएको

सिन्धुलीको मरिण गाउँपालिका ३ बाट अवैध रुपमा काठ चोरी निकासी गरेको अभियोगमा  १ जनालाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका छन । मरिण गाउँपालिका ३ का जित बहादुर मोक्तानलाई काठ चोरी निकासी गरेको अभियोगमा स्थानिय उपभोक्ताहरुले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बुझाएका हुन ।

बुद्ध सामुदायिक वन उपभोत्ता समुहबाट करिब १ लाख ५० हजार बराबरको सालका काँचा रुख काटेर व्यापारीलाई बिक्रि गर्न खोज्ने क्रममा सो सामुदायिक वनका उपभोत्ताहरुले जित बहादुरलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बुझाएका प्रहरीले जनाएको छ । उनले सामुदायिक वनको अध्यक्ष आफैँ रहेको भन्दै किर्ते अध्यक्ष वनी व्यापारीलाई काठ दिन्छु भनी व्यापारीबाट १ लाख ५० हजार लिएका र सोही अनुसार काँचा रुख काटी बिक्रि गर्न खोज्ने क्रममा काठ सहित बुद्ध सामुदायिक वन उपभोत्ता समुहका उपभोक्ताहरुले पक्राउ गरेका सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष नारायण बहादुर लामाले जानकारी दिनु भयो ।

स्थानिय उपभोत्ताहरुले नियन्त्रणमा लिएको काठ आआफ्नो घर बनाउन लगेका र काठ चोरी तस्कारीमा संलग्न जित बहादुरलाई प्रहरीको जिम्मा लगाएका समुहले जनाएको छ । जित बहादुरले यस अघिपनि  पटक पटक आफु समुहको अध्यक्ष भएको भन्दै किर्ते कागजात तयार पारी काठ तस्करी गर्ने गरेको र त्यसो नगर्न आग्रह गर्दा धाक धम्की लगाउने गरेको समुहले बताएको छ ।

 जित बहादुरले समुहको १० लाख नगद सहित समुहको भौतिक सामाग्री समेत जफत गरेको र बरबुजारत समेत नगरेको समुहले जनाएको छ ।

त्यसैगरी जित बहादुरले सो सामुदायिक वन समुहको अध्यक्ष आफैँ  रहेको र वडा अध्यक्ष विमर्स मोक्तान९प्रख्यात०ले काठ काट्न निर्देशन दिएको आरोप लगाएका छन ।  तर उक्ता समुहका अधयक्ष लामाले जित बहादुर  समुहको अध्यक्ष पनि नरहेका र काठ चोरी तस्करी गर्न कसैले निर्देशन नदिएको बताएका छन ।

उनले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरि बुद्ध सामुदायिक वन उपभोत्ता समुहको अध्यक्ष आफैँ रहेको र काठ काट्न वडा अध्यक्ष प्रख्यातको पनि संलग्नता रहेको आरोप लगाएका थिए ।

यस विषयमा आफुहरुको कुनै संलग्नता नरहेको  र काठ चोरी तस्करी नगर्न आग्रह गर्दा आफुहरु माथी राजनैतिक प्रतिसोध साँध्न जित बहादुरले विभिन्न प्रपञ्च रच्ने गरेको भन्दै वडा अध्यक्ष प्रख्यात र सामुदायिक वनका अध्यक्ष लामाले घोर भत्सर्ना समेत गरेका छन । बुद्ध  सामुदायिक वन उपभोत्ता समुहले एक विज्ञप्ती जारी गरि समुहको अध्यक्ष पदमा जित बहादुर मोत्तान हाल सम्म पनि नरहेको र किर्ते अध्यक्ष वनी पटक पटक काठ चोरी तस्कारी गरि रहेको साथै काठ चोरी तस्करीमा आफुहरुको संलग्नता नरहेको र दोषीलाई हदै सम्मको कार्बाहीको माग समेत गरेको छ ।

काठ तस्कर जितबहादुरले वडा अध्यक्ष प्रख्यात र समुहका अध्यक्ष लामालाई लगाएको आरोपको कुनै सत्यता नरहेको भन्दै  आफुहरुलाई अर्नगल आरोप लगाएको भन्दै त्यसको खण्डन गरेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech