Close This

१७ औँ निजामती कर्माचारी दिवशको अवसरमा ६ जना सम्मानीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२२ गते   १५६३ पटक हेरिएको

१७ औँ निजामती कर्माचारी दिवशको अवसरमा सम्मानीत भएपछिको लालबन्दी नगरपालिकाका कर्माचारीहरुको फोटो

 सर्लाहीको लालबन्दी नगरपालिकाले निजामती दिवशको अवसरमा निजामती कर्माचारीहरुलाई सम्मान गरेको छ । "स्वच्छ र सक्षम निजामती प्रशासन,समृद्ध र सुसासन" भन्ने मुल नाराका साथ मनाईएको १७ औँ निजामती दिवशको अवसरमा नगरका ६ जनालाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोना माहामारीको बीचमा पनि निरन्तर सेवामा खटिएका ३ जना स्वास्थयकर्मीहरु,१ जना वडा सचिव,१ जना कम्प्युटर अपरेटर र १ जना कार्यालय सहयोगी सम्मानीत हुनु भएको नगर प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.चन्दन चौधरी,नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र कुमार खतिवडा,स्वास्थ्यकर्मी धु्रव केसी त्यसैगरी वडा नम्बर १५ की वडा सचिव रन्जना कार्की, नगरपालिकाका कम्प्युटर अपरेटर कोमलहरी गौतम र कार्यालय सहयोगी रामहरी दाहाल सम्मानीत हुनु भएको हो ।
लालबन्दी नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको नगर प्रमुख मान बहादुर खड्काले अध्यक्षता गर्नु भएको थियो भने नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा उप प्रमुख शान्ती लामा,वडा अध्यक्षहरु,नगरका कर्माचारीहरुका साथै स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको नगरपालिकाले जनाएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech