Close This

आईसोलेसन भवन निर्माणका लागि गोलन्जोरबाट पाँच लाख सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२२ गते   २७६ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा निर्माणाधिन आईसालेसन भवन निर्माणमा गोलन्जोर गाउपालिकाले सहयोग गरेको छ । कमलामाई नगरपालिका ६ मा बन्दै गरेको ५० बेडको आईसोलेसन भवन निर्माणका लागि गोलन्जोर गाउपालिकाले ५ लाख  सहयोग गरेको हो ।
प्रदेशसभा सदस्य लेखनाथ दाहाल९राजन०को उपस्थितीमा आईसोलेसन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठलाई गोलन्जोर गाउपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले  ५ लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।
सहयोग रकमको चेक हस्तान्तरण गर्दै गोलन्जोर गाउपालिका अध्यक्ष कार्कीले भवन निर्माणमा थप रकम आवश्यक परेमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अध्यक्ष कार्कीले तिव्रगतीमा निर्माण भईरहेको आईसोलेसन भवन समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै भवन निर्माण भएपछि गोलन्जोर गाउपालिकाका कोरोना संक्रमितले पनि सहजरुपमा उपचार पाउने बताउनुभयो । उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech