रगत अभाव हुन नदिन सर्लाहीका युवाहरु जुटे

2.5k Shares

सर्लाहीका केही युवाहरुले नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी रगत उपलब्ध गराउन थालेका छन् ।विभिन्न स्थानिय निकायका युवाहरुले  बिरामीको माग अनुसार रगत दिन सुरु गरेका हुन् । 
कोरोना भाइरसको संक्रमणले गर्दा अहिले सबैतिर रगतको अभाव रहेकाले युवाहरु एकजुट भई उपलब्ध भएसम्म बिरामीसँग मिल्ने ब्लड गु्रपको रगत दिइरहेका छन् । रेडक्रसले सञ्चालन गरेको ब्लड बैंकमार्फत रगत दिइसकेको जिल्लाका युवाहरुले बताएका छन । सबै ब्लड गु्रप भएका युवाहरु चिनजान गरी रेडक्रसले मागेको समयमा रगत दिन सक्ने टिम बनाउन लागि परेको युवाहरुको भनाई छ ।
कोरोना संक्रमणले गर्दा अहिले अन्य रोगका बिरामीले उपचार नपाइरहेको अवस्थामा रगतकै अभावले गर्दा जटिल अवस्थाका बिरामीले ज्यान गुमाउनु नपरोस भनेर आफूहरुले रक्त संकलनको काम सुरु गरेको युवाहरुको भनाई छ । 

सम्बन्धित समाचार