मसानघाटको विषयमा झडप दुई प्रहरीसहित ८ जना घाईते

2.7k Shares

जिल्लाको कौडेना गाउँपालिका–५, छपकहिया टोलमा स्थानीयबिच झडप हुँदा दुई प्रहरी सहित ८ जना घाईते भएका छन् । शवदाह स्थलको बारेमा विवाद बढ्दै जाँदा दुई समुदायबीच झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा दुवै तर्फका ६ जना स्थानियबासी र दुई जना प्रहरी घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सो क्षेत्रमा भीडलाई तित्तरबित्तर पार्न बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।
छपकैयाँ गाउँमा रहेको करिव १० कठ्ठा ऐलानी जग्गामा हिन्दु र मुस्लिम दुवै समुदायले दाहसंस्कार गर्दै आएका थिए । लामो समयदेखि जग्गाको स्वमित्वको विषयमा विवाद हुँदै आएकोमा दुई दिनअघि मसान घाटमै अज्ञात व्यक्तिले मरेको बोका लगेर गाडेपछि विवाद अझ बढेको स्थानीयले बताएका छन् । मुस्लिम समुदायले आफूहरुको मसानघाटमा हिन्दुधर्मावलम्वीले बोको ल्याएर गाडेको दावी गरेका छन् ।
विहिबार बिहान झडप भएको र बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दुवै पक्षका मानिसलाई राखेर छलफल गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । छलफलमा तत्कालै नापी कार्यालयबाट जग्गा नापजाँचका लागि टोली पठाएर जग्गा छुट्याउने र त्यसपछि विवाद समाधान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

सम्बन्धित समाचार