Close This

सिन्धुलीमा एक स्वास्थ्यकर्मी कोरोना संक्रमित, ९ जना कोरोना जितेर घर फर्किए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२६ गते   ३४८ पटक हेरिएको

सिन्धुली अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आक्समिक कक्षमा कार्यरत २२ बर्षिया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार हिजो सिन्धुली जिल्लाबाट अस्पतालमा कार्यरत १४ जना कर्मचारी, उपचार गरि रहेका संक्रमित ८ जना सहित ८० जनाको स्वाव संकलन गरि पठाएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित स्वास्थ्यकर्मीलाई अस्पताल कै आइसोलेसन कक्षमा राखिएको र उहाँ स्वास्थ्य अवस्था अहिले सामान्य रहेको श्रेष्ठले जनाकारी दिनु भयो ।

यस्तै आजै जिल्लामा थप ९ जनाले कोरोना जितेका छन् । जिल्ला प्रहरी कार्यलयको आइसोलेसन कक्षमा उपचारत ७ जना र ऐपोलो हस्पीटलमा उपचारत दुधौली नगरपालिका १२ का ३५ वर्षिय पुरुष र सुनकोशी गाउँपालिका ३ का ६२ वर्षिया महिलाले कोरोना जितेको अस्पातलका व्यवस्थापनक विमल क्षेष्ठले जानकारी दिनु भयो ।

जिल्लामा अब ३ जना संक्रमित उपचारत रहेको छन् । सिन्धुली अस्पताल र एपोलो अस्पतालको आईसोलेसन कक्षमा एकएक जना र कमलामाई नगरपालिका ६ स्थित आफ्नै घरमा होम आइसोलेसनमा रहेका एक जना उपचारत रहेको क्षेष्ठले जनाकारी दिनु भयो ।उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech