जिल्लामा वन कार्यालयका कर्मचारीले नै काठ तस्करी गर्ने गरेको पाइएको छ । डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीहरुले नै गस्ती गर्ने बाहनामा तस्करीले चोरी निकासी गर्न लागेको काठ बरामद् गरी आफैँले अन्यन्त्र बिक्रि वितरण गर्ने गरेको पाइएको छ ।
लालबन्दी नगरपालिका ११ को राम जानकी सामुदायिक वन क्षेत्रबाट तस्करले चोरी निकासी गरी लैजान लागेको सिसौको ११ वटा गोलिया जेठ २२ गते सव डिभिजन वन कार्यालयको गस्ती टोलीले बरामद् गरेको थियो । उक्त बरामद् गरिएको काठ लालबन्दी नगरपालिका ५ का फलेष्टर मिन कुमार चौधरीले डिभिजन वन कार्यालय तथा सव डिभिजन वन कार्यालयको घाट गद्धीमा नलगेर आफ्नो घरमा पुर्याएका पाइएको छ ।

सामुदायिक वन क्षेत्रबाट बरामद् गरिएको काठ सव डिभिवन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख देवकिशोर साउ र फलेष्टर चौधरीले जिम्मा लिएका थिए । ‘कार्यालय प्रमुख साउ र फलेष्टर चौधरी मिलेर वन कार्यालयले तोकेको घाटगद्धी स्थलमा नलगी फलेष्टर चौधरीको घरमा लगेको वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीले बताउनु भयो ।’
फलेष्टर चौधरीले आफ्नो घरमा लगेको सामुदायिक वनको काठ आईतबार ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।‘वनमा गस्ती गर्ने क्रममा बरामद् काठ वनका कर्मचारीको घरमा पुगेको थाहा पाएपछि प्रहरी सहितको टोली लिएर छापा मार्दा फलेष्टर चौधरीको घरमा काठ फेला परेको लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष कार्कीले बताउनु भयो ।’
‘सामुदायिक वनबाट बरामद् गरिएको काठ उठाउने कोही नभएपछि सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख साउको मौखिक निर्देशनमा आफुले घरमा ल्याएको फलेष्टर चौधरीले स्विकार गरेका छन ।’ करिब ४ महिना पहिला नै उक्त काठ फलेष्टर चौधरीको घरमा पुगेको र प्रहरी सहितको टोलीले आईतबार नियन्त्रणमा लिने क्रममा ११ वटा गोलिया मध्य १० वटा मात्र गोलिया फेला पारेको र अरु काठ चिरेर विक्री गर्न तयार पारिएको अवस्थामा बरामद् गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

‘आफुहरुसंग साधन नभएको र सव डिभिजन वन कार्यालयमा घाटगद्धी गर्ने स्थान नभएका कारण आफुले मौखिक रुपमा फलेष्टर चौधरीलाई आदेश दिएको कार्यालय प्रमुख साउले बताउनु भयो ।’
यता ‘आफ्नो सामुदायिक वन क्षेत्रबाट बरामद् गरिएको काठ आफुले वन कार्यालयको टोलीलाई आफुहरुले खोजेको समयमा फिर्ता पाउने गरि जिम्मा लगाएको राम जानकारी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष कल्पना पाख्रिङले बताउनु भयो ।’ आफुले वन कार्यालयलाई खोजेको समयमा काठ फिर्ता पाउने गरि घाटगद्धीका लागि पठाएको राम जानकारी सावउसकी अध्यक्ष पाख्रिङले बताउनु बताउनु भयो ।