Close This

बागमती नदीमा डुबेर एकजनाको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१४ गते   २०६६ पटक हेरिएको

सर्लाहीको बागमती नदीमा मंगलवार डुबेर एक जनाको मृत्यु छ । बाग्मती नगरपालिका–११ का अन्दाजी ७० वर्षीय जयबहादुर कार्कीको डुबेर मृत्यु भएको हो ।
 बाग्मती ड्यामको पुलभन्दा तल पानीमा डुबेको अवस्थामा कार्कीको शव फेला परेको र मृत्युबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ  । 
ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र कुमार उपाध्यायका अनुसार मृतकको पोष्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पठाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech