Close This

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण सम्बन्धी छलफल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-४ गते   ४३९ पटक हेरिएको

सर्लाहीको सदरमुकाम मलंगवामा  प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण सम्बन्धी छलफल कार्यक्रम भएको छ ।प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण शान्तिका लागि साझेदारी पाचौं चरणको कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय संवाद समितिको बैठक मंगलबार सम्पन्न भएको हो ।
 जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको कार्यकक्षमा सम्पन्न बैठकमा समन्वय समितिकी उपसभापति जमुना पराजुली, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेल, जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी प्रमुख तथा प्रहरी प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुद्धिन मन्सुर, जिल्ला न्यायाधिश कृष्णराम कोइराला,
जिल्ला समन्वय अधिकृत एवं मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, सहायक वन अधिकृत रामकेवल यादव, नापी कार्यालय मलंगवाका निमित्त प्रमुख कृष्णदेव सिंह, जल तथा सिंचाई कार्यालय मलंगवाका ईन्जिनियर घनश्याम कुँवर, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश दुई न्यायिक समिति प्रमुख उत्तरकुमार मैनाली लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरणकी राष्ट्रिय श्रोत व्यक्ति एवं सर्लाही प्रमुख पार्वती विश्वकर्माले हालसम्म भएगरेका प्रगति विवरण तथा आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा प्रश्ट्याएकी थिईन् । निकै मेहेनत पश्चात पक्ष र विपक्षबीच सहमति र सहकार्यको वातावरण बनाएपनि निर्वा्चित जनप्रतिनिधिका कारण द्वन्द्व रुपान्तरणमा कठिनाई भईरहेको विश्वकर्माको गुनासो थियो । बैठकले बुधबार हरिपुर नगरपालिका अन्तर्गत चितायन स्थित लक्ष्मीनाथ महादेव मन्दिर परिसरमा भएको द्वन्द्व रुपान्तरणको स्थलगत निरीक्षण गर्ने निर्णय समेत गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech