सिन्धुलीको तिनपाटन गाउपालिकाले गाउपालिका क्षेत्रमा दुरसंचार बिकाश गरि आफ्नो गाउँ सुचना र प्राविधि युक्त नगर बनाउने योजना अघि सारेको छ । कोरोना भार्ईरसको माहामारीका बिचपनि निरन्तर फिल्डामा जन्ताको सेवाका लागि गाउँका जन प्रतिनिधिहरु निरन्तर खटिएका छन ।
नेपाल दूरसञ्चार संस्थानको नेपाल टेलिकमले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन, जिएसएम र सिडीएमए जस्ता सेवा प्रदान र इन्टरनेट सेवामा डायल अप आइएसडीएन लिज्ड, एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गरेता पनि पुर्ण नेपाललाइ भने अझै जोड्न सकेको छैन। यसैको मारमा लामो समय देखि गाउपालिकाबासीहरु पनि परिरहेको बताउदै जनप्रतिनिधिहरुको पहलमा गाउँपालिकामा दुर संचार र टेलिफोन सेवा प्रदायक कम्पनीहरु नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ,यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल),एसटिएम सञ्चार सञ्चार लिमिटेड (एसटिएम), एनसेल प्राइभेट लिमिटेड (एनसेल), नेपाल स्याटेलाइट टेलिकम प्रा.लि. (हेलो मोबाइल), स्मार्ट टेलिकम प्राइभेट लिमिटेडले स्मार्ट टेलिकम टावर संर्वेक्षेण कार्यमा चासो देखाएका गाउँपालिका अध्यक्ष कर्र्ण थापाले जानकारी दिनु भयो ।
तिनपाटन गाउपालिका ८ को काउले डाडा वडा नम्बर ७ को भदौरे डाडा, वडा नम्बर ९ को आम्बोटे भन्जयाङ र वडा नम्बर ६ को गोपालपुर डाडा लगाएतका स्थानको अबलोकन भएको र चाँडै तिनपाटनबासीलाई सुचनाको हकबाट लाभान्वित बनाउने समग्र जनप्रतिनिधिहरुको लक्ष्य रहेकोको उपाअध्यक्ष पद्धममाया मोक्तानले बताउनु भयो ।